आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, लाभांश क्षमता बढ्यो

शनिबार, साउन २४ २०८२
सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, लाभांश क्षमता बढ्यो

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा अघिल्लो वर्षको तुलनामा नाफामा केही कमी आएको देखिएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दा अघिल्लो वर्षको तुलनामा नाफामा केही कमी आएको देखिएको छ।

बैंकले गत असार मसान्तसम्म १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.०७ प्रतिशतले कम हो। अघिल्लो आवमा बैंकको नाफा १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी भने ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको छ। तर सञ्चालन नाफा अघिल्लो वर्षको २ अर्ब ४ करोड ८५ लाख ८० हजार रुपैयाँबाट घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता ५ रुपैयाँ २५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको ४ रुपैयाँ ३२ पैसाभन्दा बढी हो।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गर्दै १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा बैंकको निष्क्रिय कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। प्रति सेयर आम्दानी ८.७६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।


प्रकाशित : शनिबार, साउन २४ २०८२०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend