शुक्रबार, साउन २३ गते २०८२    
शुक्रबार, साउन २३ २०८२
images
images

वर्षाले बुटवल-नारायणघाट सडक पुनः अवरुद्ध, चिप्लिएर गुड्न सकेनन् गाडी

images
शुक्रबार, साउन २३ २०८२
images
images
वर्षाले बुटवल-नारायणघाट सडक पुनः अवरुद्ध, चिप्लिएर गुड्न सकेनन् गाडी

बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ।

images
images

नवलपरासी- बुटवल-नारायणघाट सडकखण्ड पुनः अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड अवरुद्ध भएको हो।

images

दाउन्नेको पैसठ्ठी मोडनजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भइ गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए।

images
images

लगातारको वर्षाले गत सोमबार बिहानदेखि अवरुद्ध भएको दाउन्ने खण्ड केही समय सञ्चालन हुँदै पुनः अवरुद्ध हुने गरेको छ। आज बिहानदेखि सडक पुनः अवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

images
images
images

'हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रकहरू फसेर समस्या हुने गरेको छ', उनले भने, 'पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले धेरै समस्या हुने गरेको छ।'

दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ।

बुटवल-नारायणघाट सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend