शुक्रबार, साउन २३ गते २०८२    
शुक्रबार, साउन २३ २०८२
images
images

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

images
शुक्रबार, साउन २३ २०८२
images
images
म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ।

images
images

म्याग्दी- खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ।

images

कुल १३ करोड ९९ लाख आठ हजार रूपैयाँ बजेट विनियोजन भएकामा १३ करोड १९ लाख ९२ हजार रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६७ मध्ये ६४ र संघीय सशर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिए। 

images
images

२६ वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना थिए। खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ/छ वटा योजना, ऊर्जा र अध्ययन सर्वेक्षणको एक/एक वटा योजना सम्पन्न भएका छन्।

images
images
images

डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ। तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्यांकी र २७७ वटा अन्य संरचना निर्माण भएको छ।   

कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ। ६ किलोमिटर पक्की नहर, ६ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण भएको छ।

नदी नियन्त्रण योजनामार्फत बाढी र कटानको जोखिममा रहेका विभिन्न ६ वटा योजनामार्फत ४० मिटर पक्की पर्खाल, २५० मिटर ग्याबियन पर्खाल भएको छ। रघुगंगा-१ बेगमा बेगमा ३०० थान ग्याबियन पर्खाल निर्माण गरेर पहिरो रोकथाम गरिएको जनाइएको छ।

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० घरपरिवार लाभान्वित र २.५ हेक्टर जमिन उकास गरिएको कार्यालय प्रमुख ओझाले बताए। यसैगरी ११४ घरमा जडान भएका सौर्य ऊर्जाको मर्मत गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २३ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend