बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

आकर्षक लाभांश दिँदा पनि जीवन लघुवित्तको सेयर मूल्य किन बढ्न सकेन? (यस्तो छ कारण)

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
आकर्षक लाभांश दिँदा पनि जीवन लघुवित्तको सेयर मूल्य किन बढ्न सकेन? (यस्तो छ कारण)

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरे पनि सेयर मूल्य भने बढेको छैन। लगानीकर्ताले लाभांश लिनुभन्दा पनि बढाएर नाफा बुक गर्न थालेपछि सेयर मूल्य भने बढ्न सकेको छैन।

सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उच्च दरको लाभांश प्रस्ताव गरेको थियो।

लघुवित्तले सबै लघुवित्तलाई उछिनेर लाभांश घोषणा गरे पनि सेयर मूल्य भने नबढेको हो। कम्पनीले मंगलबार पनि घटबढ भएको छैन। मंगलबार प्रतिकित्ता ५०७२ रुपैयाँमा कारोबार भएको छ। यहिँ मूल्यमा समायोजना हुँदा २०९३ रुपैयाँमा आउने छ। सोही कारण घट्दो बजार भएकोले समायोजनापछि सेयर किन्नका लागि अहिले बिक्री गरिरहेका छन्।

यसरी अहिले बिक्री गरेर २०९३ रुपैयाँमा सेयर किन्दा लाभांश नलिइकनै फाइदा हुने भएकोले लगानीकर्ता त्यसमा केन्द्रित भएको देखिन्छ। जसका कारण सेयर मूल्य उच्च अंकमा जान सकेको छैन। कम्पनीको सेयर मूल्य पछिल्लो ५२ हप्तामा अधिकतम ५५१६.९० रुपैयाँ रहेको थियो भने न्यूनतम ८९० रुपैयाँ रहेको थियो। 

कम्पनीले केही महिना अगाडि मात्रै सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो। लघुवित्तले जारी पुँजीको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो।

लघुवित्तको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रुपैयाँ, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँ र चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको छ। सर्वसाधारणलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, फागुन ११ २०७८००:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend