आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

गएको साता ५९ अंकले घटेको नेप्से यो साता ७२ अंकले घट्यो

बिहीबार , साउन २२ २०८२
गएको साता ५९ अंकले घटेको नेप्से यो साता ७२ अंकले घट्यो

काठमाडौं- गएको साता समग्रमा ५९.५८ अंकले घटेको सेयर बजार यो साता पनि ७२.६९ अंकले घटेको छ। 

यो साता आइतबार ६३.७३ अंकले घटेर सोमबार १६.४६ अंकले बढेको बजार मंगलबार पुन: ४१.७८ अंकले घटेको थियो। बुधबार १.९४ अंकले घटेको बजार बिहीबार भने दोहोरो अंकले बढेको छ। 

बिहिबार १८.३० अंकले बढेर बजार २८५०.३७ बिन्दुमा पुगेको छ। १८७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ। ६२ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साता मंगलबार पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।

बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेको विश्लेषण भइरहँदा नयाँ उचाइ भेट्न कठिन बनिरहेको देखिन्छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले पुन: बजार त्यही अवस्थामा देखिन्छ। 


प्रकाशित : बिहीबार , साउन २२ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend