बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

सिँचाइ विभागको भौतिक प्रगति ८९.१५ प्रतिशत, लक्ष्य भेटाउनेगरी काम गर्न मन्त्री खड्काको निर्देशन

images
बुधबार, साउन २१ २०८२
images
images
सिँचाइ विभागको भौतिक प्रगति ८९.१५ प्रतिशत, लक्ष्य भेटाउनेगरी काम गर्न मन्त्री खड्काको निर्देशन

विभागका महानिर्देशक मित्र बरालले आर्थिक वर्ष २०८१/८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगती र ८१.२८ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको जानकारी दिए।

images
images

काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन्।

images

जलस्रोत तथा सिँचाई विभागको चौँथो त्रैमासिक एवम् वार्षिक समिक्षा गोष्ठीमा आज बोल्दै उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताएका हुन्।

images
images

‘जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर नतिजा दिनेगरी काम गरौँ’ उनले भने। उर्जामन्त्री खड्काले वर्षैपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दैगर्दा समयमा निर्माण कार्य नहुँदा राज्यलाई ठूलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्नेगरी लाग्नुपर्ने उनको भनाइ छ।

images
images
images

उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिँचाई सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाई सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाई हुने बताए।

कम्तिमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याउनेगरी काम गर्नुपर्ने उनको भनाइ थियो। जिम्मेवारीमा बस्नेहरुप्रति प्रश्न उठ्नु स्वभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने धारणा राखे।

जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिँचाई सुविधा पुर्‍याउने उदेश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगती र ८१.२८ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको जानकारी दिए।

आव २०८१/०८२ मा जलस्रोत तथा सिँचाई क्षेत्रमा ३३ अर्ब पाँच करोड बजेट विनियोजन भएकोमा २६ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ। गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, चारसय ७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ।

त्यस्तै, विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा र ८२.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६६ हजार सातसय १० हेक्टर जग्गामा सिँचाई सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend