बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

असक्षम नेतृत्वका कारण निगमको आम्दानी फेरि घट्यो, जहाज उडानबाट एक वर्षमा १५ अर्ब ३१ करोडमात्रै आम्दानी

images
बुधबार, साउन २१ २०८२
images
images
असक्षम नेतृत्वका कारण निगमको आम्दानी फेरि घट्यो, जहाज उडानबाट एक वर्षमा १५ अर्ब ३१ करोडमात्रै आम्दानी

यात्रुको संख्या बढेसँगै प्राय: सबै एयरलाइन्स कम्पनीको व्यापार बढ्दो छ। तर सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको भने घटेकोघट्यै छ।

images
images

काठमाडौं- कोभिड महामारीका कारण सबैभन्दा ठूलो क्षति पुगेको विश्वको एभिएसन क्षेत्र पुरानै अवस्थामा फर्किसकेको छ। हरेक एयरलाइन्स कम्पनीको व्यापार बढिरहेको छ। हवाई यात्रुको संख्या पनि बढ्दो छ।

images

नेपालकै इतिहासमा सन् २०२४ सबैभन्दा बढी हवाई यात्रु भएको वर्ष भइसकेको छ। सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९४ लाख २३ हजारभन्दा बढीले हवाई यात्रा गरेका थिए। जुन संख्या हालसम्मकै बढी हो।

images
images

यो संख्या सन् २०२५ मा पनि बढ्ने निश्चित छ। यात्रुको संख्या बढेसँगै प्राय: सबै एयरलाइन्स कम्पनीको व्यापार बढ्दो छ। तर सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको व्यापार भने घटेको ‍घट्यै छ।

images
images
images

निगमको जहाज उडानबाट हुने आम्दानीमा निरन्तर ओरालो लागिरहेको छ। नेपाल एयरलाइन्सको नेतृत्वमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको आगमनसँगै व्यापार घट्दो छ। खर्च भने हरेक वर्ष २ अर्बको हाराहारीमा बढेको छ।

वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज तिर्न सकेको छैन। आंशिकमात्रै किस्ता र ब्याज तिरिरहेको छ। २ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाज खरिदमा लिएको ऋणको साँवा रकम घट्दै जानुपर्नेमा हरेक वर्ष ३ अर्ब जति बढिरहेको छ।

जहाज खरिदमा लिइएको ३४ अर्ब ऋण नै बढेर ५० अर्बको हाराहारीमा पुगेको छ। तर पनि निगमको आम्दानी बढन सकेको छैन। जहाज मर्मत तथा इन्जिन भाडा प्रकरणकै कारण निगमले १० अर्ब भन्दा बढी आम्दानी गुमाइसकेको छ।

मर्मत भएको इन्जिन नल्याइ भाडाको इन्जिनमा जहाज उडाउँदा दैनिक ११ लाख आर्थिक भार थपिएको छ। जसका कारण निगमको आम्दानी बढ्नुको सट्टा निरन्तर घटिरहेको छ।

निगमले सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जहाज उडाएर १५ अर्ब ३१ करोड रूपैयाँमात्रै आम्दानी गरेको थियो। गतवर्ष वर्ष पनि अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा जहाज उडाएर हुने आम्दानीमा गिरावट आएको हो।

sENe0--.png

अघिल्लो आर्थिक वर्ष निगमले जहाज उडाएर ५ अर्ब ४३ करोड आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्ष पनि आर्थिक वर्य ०७९/०८० को तुलनामा जहाज उडाएर हुने आम्दानीमा ३ अर्बले गिरावट आएको थियो।

०७९/०८० मा निगमले जहाज उडाएर झन्डै १९ अर्ब आम्दानी गरेको थियो। विश्वभरका एयरलाइन्स कम्पनीको बढिरहे पनि निगमको भने घटिरहेको छ। निगम आर्थिकरुपमा नै संकटमा परिसक्दासमेत विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसमेत मौन छन्। निगम अध्यक्षको काममा कुनै चासो राखेका छैनन्। जसका कारण निगमको अवस्था झनझन् बिग्रँदो छ।

निगमको आम्दानी २० अर्ब नाघ्नै मुस्किल

एकै वर्षमा २४ अर्बसम्म आम्दानी गरेको निगमको आम्दानी २० अर्ब रूपैयाँ पनि नपुग्ने निगम स्रोतको दाबी छ। निगम आफैले सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार जहाज उडानबाट जम्मा १५ अर्ब ३१ करोड रूपैयाँ आम्दानी गरेको छ। यो रकम विगतका वर्षहरूको कम हो।

यसैगरी, निगमले गत आवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गरी ४ अर्ब ५० करोड आम्दानी गर्ने प्रक्षेपण छ।

निगमले ४० करोडजति अन्य शीर्षकबाट आम्दानी गर्छ। यी सबैलाई जोड्दा निमगको गत आवको आम्दानी २० अर्ब रूपैयाँ आसपास हुने देखिन्छ।

निगमले २०८०/०८१ मा २१ अर्बको हाराहारीमा आम्दानी गरेको थियो भने ०७९/०८० मा २३ अर्ब ३६ करोड आम्दानी गरेको थियो। आम्दानी ओरालो लागे पनि निगमको खर्च भने उकालो लागिरहेको छ। निगमले आर्थिक वर्ष २०८१/०८२ मा २८ अर्बको हाराहारीमा खर्च गरेको स्रोतको दाबी छ।

थप आर्थिक संकट आउँदै

निगममाथि थप आर्थिक संकट थपिने अवस्था आइसकेको छ। निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको २ वटै वाइडबडीको ४ वटै इन्जिन मर्मतको समय आएको छ।

एउटै इन्जिन मर्मतमा १ अर्ब ८० करोड रूपैयाँभन्दा बढी खर्च हुने लागत अनुमान भइसकेको छ। ४ वटै इन्जिन मर्मतका लागि ७ अर्ब २० करोडभन्दा बढी खर्च हुने अवस्था आएको छ।

निगमको आम्दानीबाट इन्जिन मर्मत हुनसक्ने अवस्था छैन। निगमलाई यसअघि लगानी गरिसकेका संघसंस्था र बैंक तथा वित्तीय संस्थाले समेत पत्याउन छाडिसकेका छन्। आर्थिक संकटकै कारण इन्जिन मर्मतमा ढिलासुस्ती हुने निश्चित छ।

जहाजका इन्जिन २०२६ को सुरुवाती समयमा नै मर्मतमा पठाउनुपर्ने अवस्था छ। तर निगम कार्यकारी अध्यक्ष अधिकारी अहिले उडान कटौती गरेर भए पनि जहाजको इन्जिन मर्मत समय लम्बाउने खेलमा लागिपरेका छन्। त्यतिमात्रै होइन, वाइडबडी उडान गर्न इन्जिन भाडामा लिनुपर्ने अवस्था छ।

एउटै इन्जिनको दैनिक भाडा १५ हजार देखि २० हजार डलर पर्छ। यो कामका लागि निगमसँग पर्याप्त स्रोत नै छैन। तर कार्यकारी अध्यक्ष अधिकारी भने कमिसनका लागि कम्पनी छनोट सेटिङमा लागिरहेका छन्। उनी महिनामा ४ पटकसम्म विदेश भ्रमण गरिरहेका छन्।


प्रकाशित : बुधबार, साउन २१ २०८२१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend