आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

एभरेष्ट बैंकको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब नाघ्यो, केयर रेटिङबाट 'डबल ए' श्रेणीको मूल्यांकन

मजबुत बन्दै वित्तीय सूचकहरू

बुधबार, साउन २१ २०८२
एभरेष्ट बैंकको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब नाघ्यो, केयर रेटिङबाट 'डबल ए' श्रेणीको मूल्यांकन

प्रतिस्पर्धी बैंकहरूसँगको तुलनामा एभरेष्टले गुणस्तरीय सम्पत्ति कायम राख्दै आएको छ, जसले बैंकको क्रेडिट प्रोफाइल र बजारमा विश्वाससमेत बलियो बनाएको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आफ्नो वित्तीय क्षमतामा सुधारसँगै कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि गरेको छ। वि.सं. २०८१ सालको चैत मसान्तसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब ७ लाख रूपैयाँ पुगेको छ।  

सम्पत्तिको विस्तारसँगै बैंकको बजार प्रतिस्पर्धा र नियामक निकायप्रतिको अनुपालन क्षमतामा पनि सुधार देखिएको छ। केयर रेटिङ नेपाल लिमिटेडले बैंकलाई ‘केयर एनपी एए’ अर्थात् डबल ए श्रेणीको इस्युअर रेटिङ प्रदान गरेको छ।

यस्तो श्रेणीमा परेका वित्तीय संस्थाहरूलाई अत्यन्त न्यून जोखिमयुक्त र समयमै दायित्व पूरा गर्न सक्षम संस्था मानिन्छ। यो मूल्यांकनले बैंकको वित्तीय क्षमता, व्यवस्थापनको दूरदृष्टि, नियामक मापदण्डको कडाइका साथ पालना र भविष्यमा अझ सशक्त वित्तीय गति लिने सम्भावनालाई पुष्टि गरेको छ।

एभरेष्ट बैंकले पछिल्ला वर्षहरूमा संस्थागत सुधार, दक्ष जनशक्ति परिचालन, डिजिटल प्रविधिको विस्तार र ग्रामीण भेगसम्म वित्तीय पहुँचलाई प्राथमिकता दिँदै आएको छ। व्यापक सञ्जालसँगै ग्राहक आधार विस्तार, निक्षेप संकलनमा वृद्धिदर र कर्जा प्रवाहमा सन्तुलन कायम गर्ने बैंकको रणनीति नै सम्पत्ति वृद्धिको मुख्य आधार बनेको देखिन्छ।

बैंकको वित्तीय प्रतिवेदनअनुसार हालको कुल सम्पत्तिको यो दर सुदृढ आम्दानी स्रोत, कम लागतको कोष व्यवस्थापन, निष्क्रिय कर्जाको न्यून अनुपात र स्वस्थ तरलता स्थितिको प्रतिफल हो। प्रतिस्पर्धी बैंकहरूसँगको तुलनामा एभरेष्टले गुणस्तरीय सम्पत्ति कायम राख्दै आएको छ, जसले बैंकको क्रेडिट प्रोफाइल र बजारमा विश्वाससमेत बलियो बनाएको छ।

स्थापनाकालदेखि नै वाणिज्य बैंकको रूपमा स्थायित्व, नाफामूलक सञ्चालन र नियामक निकायहरूको विश्वास जित्न सफल एभरेष्ट बैंकले कुल सम्पत्तिमा हासिल गरेको यो सशक्त उपस्थिति निकट भविष्यमा बैंकको बजार विस्तार, लगानी आकर्षण र वित्तीय सेवा सुलभताको नयाँ अध्याय बन्ने संकेत मानिएको छ।

बैंकिङ क्षेत्रको विश्वसनीयता कायम राख्दै आएको एभरेष्ट बैंकले हाल प्राप्त रेटिङ र वित्तीय उचाइलाई थप सुदृढ बनाउँदै लैजान सकेमा देशकै अग्रणी वित्तीय संस्थाको रूपमा अझ स्पष्ट ढंगले उभिन सक्ने अपेक्षा गरिएको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend