बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

६ दशकको विरासत बोकेको जनकपुर चुरोटको सम्पत्ति मूल्यांकन परामर्शका लागि ८ कम्पनीको चासो

images
बुधबार, साउन २१ २०८२
images
images
६ दशकको विरासत बोकेको जनकपुर चुरोटको सम्पत्ति मूल्यांकन परामर्शका लागि ८ कम्पनीको चासो

जनकपुर चुरोट कारखानाले सुरुवाती चरणमा देउराली, याक र गैँडा गरी तीन प्रकारका चुरोट उत्पादन गरेको थियो। जुन बजारमा लोकप्रिय भएको थियो।

images
images

काठमाडौं- एक दशक लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना व्यवस्थापनका लागि सरकारले प्रक्रिया थालेको छ।

images

अर्थ मन्त्रालयले चुरोट कारखानाको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट गर्न मागेको आवेदनमा ८ वटा कम्पनीले चासो देखाएका छन्। मन्त्रालयले असार ६ गते चासो राख्ने कम्पनीहरुसँग आवेदन मागेको थियो।

images
images

जसमा ८ वटा कम्पनीले चासो राख्दै आवेदन हालेका छन्। एस सुवेदी एसोसिएट्स, देव एसोसिएट्स चार्टर्ड एकाउन्टेन, एस एण्ड एस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स एस एण्ड एस पीजेपीएन जेभी, जीन एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन, बीआरएस न्यौपाने एण्ड को, पीवाईसी एण्ड एसोसिएट्स, सुजन काफ्ले एण्ड एसोसिएट्स र एस आर पाण्डे एसोसिएट्स एण्ड कम्पनी चार्टर एकाउन्टेनले आवेदन दिएका हुन्।

images
images
images

गएको १२ वर्षयता बन्द रहेको चुरोट कारखानामा उत्पादन बन्द भएको १४ वर्ष पुगिसकेको छ। २०६८ चैतदेखि उत्पादन बन्द भएको कारखाना २०७० असार २० देखि पूर्णरूपमा बन्द भयो। खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरेसँगै उद्योग पूर्णरुपमा बन्द छ।

त्यसयता माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला कारखाना सञ्चालनको लागि केही प्रयास भएको थियो।

कारखानाको सुरुवाती चरणमा अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रूपैयाँ थियो। चुरोट कारखाना २०२१ सालको पुसमा सञ्चालनमा आएको थियो। कारखाना ३३ बिघा ९ कट्ठा क्षेत्रफलमा फैलिएको छ।

जनकपुर चुरोट कारखानाले सुरुवाती चरणमा देउराली, याक र गैँडा गरी तीन प्रकारका चुरोट उत्पादन गरेको थियो। जुन बजारमा लोकप्रिय भएको थियो।


प्रकाशित : बुधबार, साउन २१ २०८२१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend