बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

सशस्त्र प्रहरीद्वारा ११ करोडभन्दा बढी राजस्व संकलन

images
बुधबार, साउन २१ २०८२
images
images
सशस्त्र प्रहरीद्वारा ११ करोडभन्दा बढी राजस्व संकलन

सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो।

images
images

कञ्चनपुर- सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट ११ करोड ३२ लाख ७६ हजार ८७५ रूपैयाँ बराबरको राजस्व संकलन गरेको छ। सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो।

images

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेन्द्रदेव भट्टले अघिल्लो आवको तुलनामा अवैधरुपमा भन्सार छली चोरी नेपाल भित्र्याएका भन्सार छलीका सामान बरामद गरी कारबाही लागि भन्सार कार्यालय बुझाएको जानकारी दिए।

images
images

उनका अनुसार आव २०८०/ ८१ मा चार करोड ७६ लाख ७९ हजार ४ सय रूपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको थियो।

images
images
images

'सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरेका छौँ', सशस्त्र प्रहरी उपरीक्षक भट्टले भने, 'अघिल्लो आवको तुलनामा झन्डै तेब्बर मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेका छौँ।'

उनले कञ्चनपुर जिल्लामा सिमानाकामा १८ वटा बीओपी पोष्ट र तीनवटा सुरक्षा गुल्म रहेको बताए। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend