बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

गतवर्षको भन्दा बढी प्रगति गर्ने लक्ष्य लिएर सडक निर्माण गर्न भौतिकमन्त्री दाहालको निर्देशन

images
बुधबार, साउन २१ २०८२
images
images
गतवर्षको भन्दा बढी प्रगति गर्ने लक्ष्य लिएर सडक निर्माण गर्न भौतिकमन्त्री दाहालको निर्देशन

मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौँला नि’ भन्ने नसोचि  बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन्।

images
images

काठमाडौ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

images

बुधबार सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौँला नि’ भन्ने नसोचि  बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन्।

images
images

आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उनले बेलैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न भनेका हुन्।

images
images
images

‘आर्थिक वर्षको अन्त्य तिर हतार-हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कदैन त्यसैले अहिलेदेखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ।’

भौतिक मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यसमध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाइ छ।

थालिएका आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै उनले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन आग्रह गरेका छन्।

गुणस्तरमा सम्झौता नगर्नु

निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताएका छन्। ‘छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ’ उनले भने। 

वर्खायाम सुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरि श्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्नसमेत उनको निर्देशन छ। कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने बताए।

रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकता रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजनाको व्यवस्थापनतर्फ ध्यान दिनसमेत आग्रह गरेका छन्। मन्त्रालयले गत आर्थिक वर्षमा विगत ६ वर्षयताकै उच्च पूँजीगत खर्च गरेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा ६ वर्षयताकै सबैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यस अघिनै जनाइ सकेको छ। यस्तै सडक विभागका महानिर्देशक डा. विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमहरु कार्यान्वयनको प्रकृयामा ढिलाई नगर्ने बताए।

वर्षको अन्त्यमा चाप पर्न नदिने गरी बेलैदेखि काम सुरु गराई छिटो नतिजा निकाल्न विभाग क्रियाशिल रहेको उनको भनाइ छ। यस्तै वर्खाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सकेसम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend