बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

नक्कली नोटसहित सुनसरीमा दुई जना पक्राउ

images
बुधबार, साउन २१ २०८२
images
images
नक्कली नोटसहित सुनसरीमा दुई जना पक्राउ

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका-१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

images
images

सुनसरी- कोशी गाउँपालिका-८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

images

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

images
images

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका-१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

images
images
images

उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए। प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट अर्थात् ३८ हजार फेला परेको हो।

बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend