बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

सरकारले अनुदान कटौती गरेपछि उखु किसानले महोत्तरीमा सुरु गरे आन्दोलन

images
बुधबार, साउन २१ २०८२
images
images
सरकारले अनुदान कटौती गरेपछि उखु किसानले महोत्तरीमा सुरु गरे आन्दोलन

यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका हुन्।

images
images

महोत्तरी- उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन्। उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरुको माग छ।

images

महोत्तरीमा उखुखेती गर्ने किसानको संख्या १५ हजार हाराहारी छ। यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका हुन्।

images
images

आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले अनुदान निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए। किसानले मंगलबार गौशाला-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे।

images
images
images

‘यस वर्षको बजेटमा अनुदानको विषय नसमेटिएपछि निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ’ उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘विश्वास छ, हाम्रो मागको सुनवाइ हुनेछ।’ 

उखु किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासंघ र उखु उत्पादक कृषक संघका पदाधिकारीका साथ आन्दोलनमा छन्। उखु उत्पादक कृषक महासंघका सदस्य महाशंकर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।

साथै गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, वर्षेनी उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग पनि राखेका छन्।

माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने संघले जनाएको छ। महोत्तरीमा गत आव २०८१/८२ को उखुबाट किसानले २१ करोड ७२ लाख ९१ हजार रुपैयाँ पाउनुपर्ने छ। महोत्तरीमा आव २०८१/८२ मा अनुदान पाउनुपर्ने किसानको संख्या १४ हजार पाँचसय ३३ छ।

यसपालि यो संख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक संघका अध्यक्ष कुशवाहाको भनाइ छ। आव २०८०/८१ मा भने जिल्लाका १४ हजार चारसय ४४ किसानले अनुदानबापतको जम्मा २० करोड ३३ लाख रुपैयाँ पाएका थिए। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend