बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

हाइड्रोमा लगानीकर्ता फर्किंदा सेयर बजारमा दोहोरो अंकको वृद्धि

मंगलबार, फागुन १० २०७८
हाइड्रोमा लगानीकर्ता फर्किंदा सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं- मंगलबारबाट पुनः हाइड्रोमा लगानीकर्ता फर्किएपछि सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि लगातार घटेको सेयर बजार सोमबार पनि बढेको थियो। मंगलबार भने अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्य बढेको छ। जसका कारण समग्र नेप्सेमा दोहोरो अंकको सुधार आएको हो। 

मंगलबार १७.४२ अंकले बढेर सेयर बजार २७३५.९३ बिन्दुमा पुगेको छ। मंगलबार ३ अर्ब २१ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १३१ कम्पनीको सेयर मूल्य बढ्दा ५० कम्पनीको मूल्यमा गिरावट आएको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। 

मंगलबार युनाइटेड मर्दीमा तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। त्यस्तै मैलुङ खोला, सामलिङ पावर र तेह्रोथुम पावरमा पनि सकारात्मक सर्किट लागेको छ। अन्य धेरै सेयर मूल्य बढ्नेमा पनि हाइड्रो पावर कम्पनी नै रहेका छन्। 

राष्ट्र बैंकले सेयर कर्जामा थप कडाई गर्ने त्रासका कारण साताको पहिलो दिन आइतबार ३९.४० अंकले बजार घटेको थियो। सोमबार सेयर बजार २५.४१ अंकले बढेर २७१८५१ बिन्दुमा पुगेका थियो।

गत बिहीबार नेपाल राष्ट्र बैंकले ६ महिनाको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो। समीक्षामा स्थिर राखे पनि अनुत्पादक क्षेत्रको रुपमा घरजग्गा र सेयरलाई राख्ने त्रासका कारण सेयर बजार घट्दै आएको थियो। तर विभिन्न व्यवसायीहरूको छाता संगठनले समेत समीक्षा गलत भएको भन्दै सच्याउन माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले पनि समीक्षाको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। जसका कारण पनि लगानीकर्तामा मनोबल बढ्दा सेयर बजार सकारात्मक भइरहेको छ। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ लाई मौद्रिक नीति सार्वजनिक गर्दै लागु गरेको सेयर कर्जामा यथावत राख्ने निर्णय गरेको छ। राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागत तथा पारिवारिक कर्जामा १२ करोडको सीमा तोकेको थियो। 


प्रकाशित : मंगलबार, फागुन १० २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend