काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा तोकिएको छ।
आजका लागि युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलरको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ।
साउदी अरेबियन रियालको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। युएई दिरामको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा रहेको छ।
मलेसियन रिङ्गेटको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा, थाइ भाटको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा तोकिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।
हङकङ डलरको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा, बहराइन दिनारको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा, ओमनी रियालको खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले लिने विनिमय दर फरक हुन सक्ने उल्लेख गर्दै विनिमय दर आवश्यकता अनुसार दिनभरमा परिवर्तन हुन सक्ने जनाएको छ। अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन्छ। रासस