आइतबार, असोज ६ गते २०८१    
images
images

७ महिनामा ११ खर्ब ४७ अर्बको आयात हुँदा १ खर्ब ३१ अर्बको निर्यात

images
मंगलबार, फागुन १० २०७८
images
images
७ महिनामा ११ खर्ब ४७ अर्बको आयात हुँदा १ खर्ब ३१ अर्बको निर्यात

निर्याततर्फ पनि गत वर्षको तुलनामा ८८.३० प्रतिशतले बढी निर्यात भएको छ। गत वर्ष सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाखको मात्रै वस्तु निर्यात भएको थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा साढे ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको हो।

images
images
images

७ महिनामा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। गत वर्ष सोही अवधिमा नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो। 

यता निर्याततर्फ भने ७ महिनामा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको हो। आयाततर्फ हेर्दा चालु आर्थिक वर्षको ७ महिनामा गतवर्षको भन्दा ४२.७८ प्रतिशत बढी मूल्य बराबरको सामान आयात भएको छ। गत वर्ष नेपालले ८ खर्ब ३ अर्ब ६४ करो ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो। 

निर्याततर्फ पनि गत वर्षको तुलनामा ८८.३० प्रतिशतले बढी निर्यात भएको छ। गत वर्ष सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाखको मात्रै वस्तु निर्यात भएको थियो।

images

नेपालले ७ महिनाको अवधिमा १२ खर्ब ७९ अर्ब१२ करोड ४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत वर्ष नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। गत वर्षभन्दा यो वर्ष नेपालले ४६.४३ अर्बले बढी वैदेशिक व्यापार गरेको छ। नेपालले आयातित वस्तुबाट २ खर्ब ९३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ बढी भन्सार महशुल संकलन गरेको छ।


प्रकाशित : मंगलबार, फागुन १० २०७८०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend