मंगलबार, साउन २० गते २०८२    
मंगलबार, साउन २० २०८२
images
images

बुधबारसम्म यी ६ नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

images
मंगलबार, साउन २० २०८२
images
images
बुधबारसम्म यी ६ नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

विभागले पूर्व राप्ती, बागमती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।

images
images

काठमाडौं- बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागले पूर्व राप्ती, बागमती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।

images

विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ बजेदेखि नदीको जलसतह घटेको जानकारी दिए।

images
images

'बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ। तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो। अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,' उनले भने, 'आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स-साना नदीको बहाव उल्लेखनीयरूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ।'

images
images
images

बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend