आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

फेरि ओरालोतिरै सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

मंगलबार, साउन २० २०८२
फेरि ओरालोतिरै सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- गएको साता समग्रमा ५९.५८ अंकले घटेको सेयर बजारमा यो साता पनि ओरालो गति नै बढी देखिएको छ। आइतबार ६३.७३ अंकले घटेर सोमबार १६.४६ अंकले बढेको बजार मंगलबार पनि पुन: घटेको छ। 

मंगलबार ४१.७८ अंकले घटेर बजार २८३३.५७ बिन्दुमा झरेको छ। ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको बजारमा ४६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। २०४ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता आइतबार १८.४५ अंकले घटेको बजार सोमबार ७.१० अंकले बढेको थियो। मंगलबार ३०.७६ अंकले बढेको बजार बुधबार ४७.९४ अंकले घटेकोमा बिहीबार पनि ३१.०५ अंकले  ओरालोतिरै लागेको थियो। 

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साता मंगलबार ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।

लगातार उचाइको लय देखाइरहेको बजार अहिले केही घट्दैमा अत्तालिनु नपर्ने विश्लेषकहरू बताउँछन्। बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेकाले यसपटक नयाँ उचाइ भेट्ने उनीहरूको आँकलन छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले पुन: बजार पर्ख र हेरको अवस्थामा देखिन्छ। 


प्रकाशित : मंगलबार, साउन २० २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend