दाङ- दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै १० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ का लागि एक करोड ६३ लाख ६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए।
संकलित राजस्वमध्ये मुद्दाबाट १५ लाख एक हजार रुपैयाँ असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको उनले बताए। भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुन्छ।
व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन। यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ। कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ।
कार्यालयले गत वर्ष साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएकामा ९ लाख २३ हजार रुपैयाँ मात्र उठेको थियो। भदौमा १३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ६ लाख १९ हजार रुपैयाँ, असोजमा १३ लाख २६ हजार रुपैयाँमध्ये सात लाख आठ हजार रुपैयाँ संकलन भएकाे थियाे।
त्यस्तै कात्तिकमा १२ लाख ८९ हजार रुपैयाँ लक्ष्य लिएकाका ९ लाख १३ हजार तथा मंसिरमा १३ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा आठ लाख ९१ हजार संकलन भएको प्रमुख विष्टले जानकारी दिए।
यसैगरी पुसमा १३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३० लाख ४६ हजार रुपैयाँ, माघमा १२ लाख ५४ हजार लक्ष्य लिएकामा १२ लाख ४९ हजार रुपैयाँ, फागुनमा १४ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ११ लाख रुपैयाँ मात्रै संकलन भएकाे थियाे।
चैतमा १४ लाख ४३ हजार रुपैयाँको लक्ष्य लिएकामा १० लाख ३२ हजार रुपैयाँ, बैशाखमा १३ लाख ८८ हजार लक्ष्यमा ९ लाख ८७ हजार रुपैयाँ, जेठमा १५ लाख ३३ हजार लक्ष्यमा २३ लाख ४३ हजार रुपैयाँ तथा असारमा १४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १९ लाख ६४ हजार रुपैयमङ्ग संकलन भएको थियो।