आइतबार, असोज ६ गते २०८१    
images
images

सगरमाथा क्षेत्रमा रहेको कोङ्दे पिक होटलमा आगलागी

images
मंगलबार, फागुन १० २०७८
images
images
सगरमाथा क्षेत्रमा रहेको कोङ्दे पिक होटलमा आगलागी

आगलागीपछि कुनै पनि सामान सग्लो नरहेकोले आठ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images

काठमाडौं- सगरमाथा क्षेत्रमा रहेको कोङ्दे पिक गेष्ट हाउस आगलागीले ध्वस्त भएको छ। पर्यटकीय क्षेत्रमा रहेको होटलमा के कारण आगलागी भएको हो भन्ने खुलेको छैन। 

images
images
images

समुन्द्री सतहबाट २७०० मिटर माथि फाक्दिङ क्षेत्रमा रहेको उक्त गेष्ट हाउसमा गत फागुन २ गते बेलुकी साँझ ७ बजे आगलागी भएको सञ्चालक लाक्पा नुरू शेर्पाले जानकारी दिए। आगलागीको घटना तीन दिनपछि मात्र थाहा भएको उनले बताए। अहिले एभरेस्टको सिजन सुरू नभएकाले होटल बन्द रहेको थियो।

‘अहिले अफ सिजन भएकोले बन्द गरेर कामठमाडौं आएका थियौँ, सोही समयमा आगलागी भएछ,’ सञ्चालक शेर्पाले भने।

आगलागीपछि कुनै पनि सामान सग्लो नरहेकोले आठ करोड रूपैयाँभन्दा बढीको क्षति भएको शेर्पाले बताए। आगलागीपछि गेष्ट हाउस पूरै नयाँ स्वरुपमा बनाउनुपर्ने भएको समेत शेर्पाले जानकारी दिए। 

images


प्रकाशित : मंगलबार, फागुन १० २०७८०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend