मंगलबार, साउन २० गते २०८२    
मंगलबार, साउन २० २०८२
images
images

बढीपहिरोको जोखिम बढेपछि सम्बद्ध निकायको बैठक, हाइअलर्टमा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

images
मंगलबार, साउन २० २०८२
images
images
बढीपहिरोको जोखिम बढेपछि सम्बद्ध निकायको बैठक, हाइअलर्टमा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपदलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अति आवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको बताए।

images
images

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउन निर्देशन दिएका छन्।

images

सहरी  विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा उनले निर्देशन दिएका हुन्।

images
images

साथै कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागका देखिएको मनसुनजन्य जोखिमको जानकारी लिएका छन्। देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन भनेका छन्।

images
images
images

‍त्यस्तै, उनले सम्भावित जोखिम रहेको क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएका छन्।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बीनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए। भारी वर्षा हुँदा बबइ नदि र राप्ती नदिको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान पर्न सक्ने सम्भावना रहेको उनकाे भनाइ छ।

त्यस्तै, मधेस प्रदेशमा देखिएको खडेरीको अवस्थबारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका छन्। सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेसमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ भएको बताए। आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपदलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अति आवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको बताए।

बाढी पहिरोलगायतका मनसुनजन्य विपदको जोखिम उच्च भएकाले धनजनको क्षती हुन नदिन कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएर सरोकारवाला निकायलाई शतर्क र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।


प्रकाशित : मंगलबार, साउन २० २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend