आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति?

मंगलबार, साउन २० २०८२
माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति?

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशतले बढी हो।

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशतले बढी हो।

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले वृद्धि भई ५ अर्ब ७५ करोड रुपैयाँ नाघेको छ। यस्तै, फी तथा कमिशन आम्दानी पनि १८.१६ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशतले बढेर ७ अर्ब ३२ करोड पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ९९.९१ प्रतिशतले वृद्धि भई ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ३९ करोडबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ। यसै कारण बैंकको नाफा झनै उकालो लागेको हो।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। त्यस्तै, वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य इपीएस ९ रुपैयाँ २३ पैसा रहेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ २९ लाख रुपैयाँ रहेको छ।

बैंकको मूल्य-आम्दानी अनुपात पीइ रेसीयो १४.९९ गुणा रहेको छ। साथै, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको विवरणमा उल्लेख छ। बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ।

भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको निक्षेप संकलन १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। भने कर्जा लगानी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, साउन २० २०८२०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend