काठमाडौ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ तीन पैसा रहेको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, थाइभाट, मलेसियन रिङ्गेट, कोरियन वन, स्वीडिस र डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले आफ्नो लेनदेनका लागि फरक दर तोक्न सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने सूचनासमेत दिइएको छ। रासस