आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ ५६ पैसा

मंगलबार, साउन २० २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ ५६ पैसा

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

काठमाडौ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ तीन पैसा रहेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, थाइभाट, मलेसियन रिङ्गेट, कोरियन वन, स्वीडिस र डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले विदेशी विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले आफ्नो लेनदेनका लागि फरक दर तोक्न सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने सूचनासमेत दिइएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २० २०८२०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend