बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा, लाभांशकै कारण सेयरधनीमा बढ्दो आकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १० २०७८
नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा, लाभांशकै कारण सेयरधनीमा बढ्दो आकर्षण

काठमाडौं- नेपालको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ औँ स्थापना दिवस मनाउँदैछ। स्थापनाको साढे तीन दशकमा व्यापार र सेयरधनीलाई दिने लाभांशका हिसाबले पनि आकर्षक हुँदै गएको छ।

कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरिसकेको छ। कम्पनीले आर्थिक वषै २०६९/७० मा सबैभन्दा धेरै ७०.५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले बीमा संकलनको हिसाबले पनि आक्रामक रहेको छ। प्रत्येक वर्ष राम्रो नाफा कमाउँदै आएको छ। 

कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा एक अर्ब ६ करोड रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लो ६ महिनामा १४ करोड ४१ लाख रुपैयाँ नाफा कमाइसकेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३९.०९ रुपैयाँ रहेको छ। 

कम्पनी सेयर मूल्य पछिल्लो सयम लगातार बढीरहेको छ। सोमबार पनि प्रतिकित्ता ११.८० रुपैयाँले बढेर १०७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बुधबारसम्म कम्पनीको बजार पुँजीकरण ३६ अर्र्ब ४५ करोड रुपैयाँ पुगेको छ। 

 


प्रकाशित : मंगलबार, फागुन १० २०७८०७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend