सोमबार, चैत २५ गते २०८१     ७ : ५३ : ५०
सोमबार, चैत २५ २०८१
images
images

सर्वाधिक इन्धन किफायती पारिवारिक कार सुजुकी नयाँ सेलेरियो सार्वजनिक 

images
मंगलबार, फागुन १० २०७८
images
images
सर्वाधिक इन्धन किफायती पारिवारिक कार सुजुकी नयाँ सेलेरियो सार्वजनिक 

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट-इन-सेगमेन्ट सुरक्षा सुविधायुक्त भएको कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- नेपालका लागि सुजुकी चार पांग्रे सवारीको आधिकारिक वितरक तथा सीजी होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेलियो सार्वजनिक गरेको छ। सर्वाधिक माइलेज दिने सो गाडीको कम सञ्चालन खर्चका कारण सेलेरियो धेरैको रोजाइमा पर्ने गरेको छ। 

images
images

बढ्दो पेट्रोलेयम पदार्थको मूल्य वृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको विश्वास रहेको छ। नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट-इन-सेगमेन्ट सुरक्षा सुविधायुक्त भएको कम्पनीले जनाएको छ। 

images
images

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो र न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, उत्कृष्ट सुरक्षा विशेषता र सुविधाजनक विशेषताहरु छन्। साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने विश्वास रहेको पन्तको भनाइ छ। 

images
images

विशेषताहरु 

अल न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै  गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिस थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याकलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। 

इन्टेरियर

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन  विचारपूर्वक डिजाइन गरिएको छ। स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्रि डिजाइनलाई थप आकर्षक बनाएको छ। 

इन्जिन

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के-सिरिज इन्जिन सेलेलियोमा प्रयोग गरेको छ। नेपालमै सर्वाधिक (२६.६८ केएमपीएल) माइलेज दिनेछ। सेगमेन्टमै पहिलो आइडल स्टार्ट-स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले कार्बन इमिसनलाई १९ प्रतिशतसम्म घटाउने छ। 

अत्याधुनिक प्रविधि द्वारा संचालित नयाँ सेलेरियोले ३५ सय आपीएममा ८९ एनएम टर्क र ५५ सय आरपीएममा ६७ पीएस पावर प्रदान गर्दछ। नेक्स्ट-जेन के-सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिएको हुन्छ। 

सुजुकीको एडभान्स्ड हियरटेक प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। यो प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ। रमाइलो र आराम्दाई ड्राइभिङ अनुभवको लागि ७ इन्च स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ। यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन्। 

माउन्टेन अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ-समायोज्य ड्राइभर सिटलगायत सुविधाहरूले नयाँ सेलेरियोमा उपलब्ध छ। तीन भेरियन्टमा उपलब्ध नयाँ सेलेरियोको मूल्य २७ लाख ९९ हजारदेखि ३१ लख ९९ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन १० २०७८०६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend