आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सेयर बजार सामान्य वृद्धितर्फ, १० अर्ब ८२ करोड रुपैयाँको कारोबार

सोमबार, साउन १९ २०८२
सेयर बजार सामान्य वृद्धितर्फ, १० अर्ब ८२ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा ५९.५८ अंकले घटेर यो साता आइतबार पनि ६३.७३ अंकले घटेकोमा सोमबार दोहोरो अंकको वृद्धितर्फ लागेको छ। 

सोमबार १६.४६ अंकले बढेर बजार २८७५.३६ बिन्दुमा पुगेको छ। सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

गएको साता आइतबार १८.४५ अंकले घटेको बजार सोमबार ७.१० अंकले बढेको थियो। मंगलबार ३०.७६ अंकले बढेको बजार बुधबार ४७.९४ अंकले घटेकोमा बिहीबार पनि ३१.०५ अंकले  ओरालोतिरै लागेको थियो। 

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साता मंगलबार ३००२.०८ बिन्दुसम्म पुगेको थियो। त्यसयता उतारचढावमा रहेको बजारमा ओरालो गति नै बढी देखिन्छ।

लगातार उचाइको लय देखाइरहेको बजार अहिले केही घट्दैमा अत्तालिनु नपर्ने विश्लेषकहरू बताउँछन्। बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेकाले यसपटक नयाँ उचाइ भेट्ने उनीहरूको आँकलन छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे। अहिले पुन: बजार पर्ख र हेरको अवस्थामा देखिन्छ। 


प्रकाशित : सोमबार, साउन १९ २०८२१५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend