शनिबार, असोज ५ गते २०८१    
images
images

सगरमाथा क्षेत्रमा लिथियम भण्डार रहेको चिनियाँ वैज्ञानिकको दाबी 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १० २०७८
images
images
सगरमाथा क्षेत्रमा लिथियम भण्डार रहेको चिनियाँ वैज्ञानिकको दाबी 

विद्युतीय कारमा उपयोग हुने ब्याट्रीको महत्वपूर्ण मानिने लिथियमलाई अहिलेको सबैभन्दा रणनीतिक पदार्थ मानिएको छ। विद्युतीय कार उत्पादनको तीव्र प्रतिस्पर्धाका बीचमा चीन संसारकै ठूलो उत्पादक हो। 

images
images

काठमाडौं- चिनियाँ वैज्ञानिकहरूले संसारकै अग्लो हिमाल सगरमाथा नजिकै लिथियम भण्डारण रहेको दाबी गरेका छन्। 

images
images
images

सगरमाथाको तिब्बत क्षेत्रमा अहिलेको बहुमूल्य पदार्थ लिथियम भेटिएको चिनियाँ वैज्ञानिकको एक टोलीले दाबी गरेको साउथ चाइना मर्निङपोष्टले उल्लेख गरेको छ। 

तिब्बततिरको सगरमाथा क्षेत्रमा लिथियम भेटिएको इन्स्टिच्युट अफ जियोलोजी एण्ड जियोफिजिक्सको समूहले दाबी गरेको छ। चिनियाँ एकेडेमी अफ साइन्स अन्तर्गतको यो समूहले उक्त क्षेत्रमा १० लाख टन भन्दा बढी लिथियम अक्साइड रहेको दाबी गरेको छ। 

यद्यपि यो प्रारम्भिक अनुमान मात्र हो। यो क्षेत्रमा वास्तविकतामा कति लिथियम भण्डार छ भन्ने कुरा अझै यकिन भएको छैन। यो चीनकै तेस्रो ठूलो लिथियम भण्डार हुनसक्ने अनुमान गरिएको छ। 

images

वैज्ञानिकहरूले अहिले पूर्व सम्भाव्यता अध्ययन भएकाले उत्खननको यात्रा लामो रहेको बताएका छन्। यद्यपि अहिलेको अध्ययनबाट यो क्षेत्रको लिथियम उच्च औद्योगिक मूल्यको रहेको उनीहरूको दाबी छ। पत्थरमा टाँसिएर रहेको सगरमाथा क्षेत्रको लिथियम अष्ट्रेलियामा पाइने जस्तै रहेको उनीहरूको दाबी छ। 

विद्युतीय कारमा उपयोग हुने ब्याट्रीको महत्वपूर्ण मानिने लिथियमलाई अहिलेको सबैभन्दा रणनीतिक पदार्थ मानिएको छ। विद्युतीय कार उत्पादनको तीव्र प्रतिस्पर्धाका बीचमा चीन संसारकै ठूलो उत्पादक हो। 

चीन लगायत संसारका ठूला औद्योगिक देशको आँखा यही लिथियममा छ। लिथियमको मूल्य पनि पछिल्लो समय बढ्दै गएको छ। 


प्रकाशित : मंगलबार, फागुन १० २०७८०५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend