काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। सोमबार ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि तोलामा ८ सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ तोकिएको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।