काठमाडौं- प्रभु क्यापिटलले प्रभु लिटिल क्याम्प ‘पिएमएस’ सेवा सुरु गरको छ। क्यापिटलले भाद्र २९ गते बालदिवसको शुभ अवसर पारेर स–साना नानीबाबुहरुलाई लक्षित गरेर सेवा सुरु गरिएको हो।
योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा-छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहनुहुने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने क्यापिटलले जनाएको छ।
नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ।
यसअघि यस महिला लगानीकर्ताहरुलाई मात्रै लक्षित गरेरे तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजनाको शुरुवात गरिएको छ ।