शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै महिला समूह, घर खर्च जुटाउन सहज

images
शनिबार, साउन १७ २०८२
images
images
दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै महिला समूह, घर खर्च जुटाउन सहज

स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन्।

images
images

कैलाली- यहाँको धनगढी उपमहानगरपालिका-७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन्।

images

स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन्।

images
images

उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए। वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ।

images
images
images

मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ। दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताइन्। उनी भन्छिन्, ‘यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ। जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ।’

दिनमा एक हजार दुना र तीनसय जति टपरी उत्पादन गर्दै आएको उनकाे भनाइ छ। जसबाट मासिक ३० हजार रुपैयाँ जतिको कारोबार हुने गरेको छ। दुना सानो साइजको ७० पैसा, एक नम्बरको ८०, दुई नम्बरको एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी साढे तीन रुपैयाँमा बिक्री हुने गरेकाे छ।

दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताउँछिन्। यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या टर्ने गरेको उनको भनाइ छ।

दुनाटपरी कारोबारबाट दुई वर्षयता समूहमा बचत गरेको ६० हजार रुपैयाँका दरले एक जनाको भाग परेको उनले बताइन्। ‘सुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ’ चौधरी भन्छिन्, ‘जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सीप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ।’

सुरुसुरुमा दुनाटपरी बिक्रीका लागी समस्या हुने गरेता पनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीकाे भनाइ छ। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend