शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

म्याग्दीमा अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

images
शनिबार, साउन १७ २०८२
images
images
म्याग्दीमा अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ।

images
images

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका-७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन्।

images

ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको ६ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा हुन्छन्।

images
images

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौतारिएका छन्। शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ।

images
images
images

बनौँ, शिवाङ र बेनी नगरपालिका-३ भकिम्लीमा अकबर खुुर्सानीको व्यावसायिक खेती भएको छ। ‘गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर ३० हजार रुपैयाँ आम्दानी भएपछि यसपाली ६ रोपनीमा १२ हजार बिरुवा लगाएको छु’ उनले भने।

स्थानीय बजार सानो छ। खपत थोरै हुुन्छ। धेरै खपत हुने ठूला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको हो। यस क्षेत्रमा यसअघि व्यावसायिक अकबरे खुुर्सानीखेती भएकाे थिएन। घरायसी उपभोगका लागि मात्र अकबर खुुर्सानीखेती गरेका थिए।

बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ। आयातित खुुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ। स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुुर्सानीखेती गरेका छन्।

रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैँसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन्। खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो।

प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए। स्थानीय बजारमा अकबर खुर्सानीको मूल्य प्रतिकिलो दुईसय ५० देखि तीनसय रुपैयाँ छ। दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ।

तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौंका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए।

खुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनकाे भनाइ छ। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend