शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आशा

images
शनिबार, साउन १७ २०८२
images
images
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आशा

यसअघि इनार, बोरिंगर स्यालो ट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको हो। पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ।

images
images

महोत्तरी- लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ। यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो।

images

गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ। यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो। ‘अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ’ भंगाहा-३ कटैयाका किसान विजय यादवले भने।

images
images

पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिलेकाे किसानकाे भनाइ छ। यसअघि इनार, बोरिंगर स्यालो ट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको हो। पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ।

images
images
images

प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास-७ प्रेमनगरका किसान रामउद्गार महतो बताउँछन्। ‘खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर लगालगी जस्तो तीन दिनको वर्षाले निकै राहत दियो’ उनले भने।

यसअघि रोपिएको धान, खडेरीले सुक्दै गएको उखु, कोदो, मकै र तरकारीबालीलाई अमृत वर्षे जस्तै भएकाे हाे। लामो खडेरीले आहत भएका बेला यो क्षणिक वर्षा पनि केकेन भेटाएजस्तो भएको किसान बताउँछन्।पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भंगाहा-४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनले बताए।

‘लामो रौदी (खडेरी)ले उखुका टुप्पा खङग्रङग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्’ उनले भने। यो वर्षाले धानबाहेकका बालीलाई अलिबारलाई पर्याप्त चिस्यान भएको छ। धानको रोपोमा भने गह्रामा  भरिनेगरी पानी चाहिएको किसान बताउँछन्।

पछिल्लो वर्षा महोत्तरीका सबै भेगमा धेरथोर परेको छ। यद्यपि दक्षिणतिरभन्दा उत्तरतर्फ बढी पानी परेको सर्वसाधारणसँगको कुराकानीबाट बुझिएको छ। पछिल्लो वर्षाले प्रचण्ड गर्मीको रापबाट राहत मिलेको सर्वसाधारणले बताएका छन्।

यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ। जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार पाँचसय हेक्टर मानिन्छ। तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ।

रोपाइँ थप बढाउने गरी पानी  पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव बताउँछन्। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend