शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

मत्स्य केन्द्र कुलेखानीले माछा बिक्रीबाट एक वर्षमा कमायो ६ लाख १७ हजार रुपैयाँ बढी

images
शनिबार, साउन १७ २०८२
images
images
मत्स्य केन्द्र कुलेखानीले माछा बिक्रीबाट एक वर्षमा कमायो ६ लाख १७ हजार रुपैयाँ बढी

कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार पाँचसय २४ किलो माछा उत्पादन गरेर बिक्री गरी ६ लाख १७ हजार दुईसय १६ रुपैयाँ राजस्व संकलन भएको छ।

images
images

बागमती- मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष २०८१/८२ मा दुई हजार पाँचसय २४ किलो माछा उत्पादन गरेको छ।

images

कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार पाँचसय २४ किलो माछा उत्पादन गरेर बिक्री गरी ६ लाख १७ हजार दुईसय १६ रुपैयाँ राजस्व संकलन भएको छ।

images
images

अघिल्लो आव २०८०/८१ मा सो कार्यालयले दुई हजार पाँचसय १८ किलो माछा उत्पादन गरेर ६ लाख १७ हजार पाँचसय रुपैयाँ राजस्व संकलन गरेको थियो।

images
images
images

कार्यालयको आव २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षण तथा यसमा आश्रित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सिल्भर तथा बिगहेड कार्प माछाको सात लाख ३० हजार भुरा छोडिएको प्रमुख पौडेलले बताइन्।

मकवानपुरको इन्द्रसरोवर तालमा केन्द्रले उत्पादन गरेको माछा स्थानीयस्तरमा नै खपत हुने गरेको छ। केन्द्रले हाल सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टीलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ।

यस्तै माछापालनलाई प्रोत्साहन गर्न सो कार्यालयले विद्यार्थी र कृषकलाई लक्षित गरी मत्स्य घुम्ती शिविर र स्कुल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सो कार्यालयले आव २०८१/८२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्र कुलेखानीले माछापालनसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

कार्यालय प्रमुख पौडेललका अनुसार कालिका मावि फाखेलमा स्कुल शिक्षा कार्याक्रमअन्तर्गत २४ जना विद्यार्थी, ९ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, नेपालमा मत्स्यपालनको अवस्था, पालनको लागि सिफारिस माछाको जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षण विषयमा प्रशिक्षण दिइएको छ।

त्यस्तै सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा माछापालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा स्कुल शिक्षा कार्यक्रम सम्पन्न गरिएको प्रमुख पौडेलले बताइन्। कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा मत्स्यपालनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो।

सो कार्यक्रमबाट विद्यार्थीमा मत्स्य क्षेत्रको महत्त्वपूर्ण ज्ञान र जानकारी वृद्धि हुनुको साथै मत्स्यपालनका विभिन्न पक्ष र माछाको महत्वलाई अझ स्पष्ट रूपमा बुझ्न पाएको प्रमुख पौडेलको भनाइ छ। माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र कुलेखानीले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर समेत सञ्चालन गरेको छ।

चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो। यसैगरी सिन्धुलीको मरिण ४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना कृषकलाई मत्स्यपालनसम्बन्धी सैद्धान्तिक विषयवस्तुका विषयमा जानकारी दिइएकाे थियाे।

साथै कृषकको पोखरी अवलोकन तथा अनुगमन गरी पोखरीको पानीको गुणस्तर मापनसमेत गरिएको बताइएकाे छ। विभिन्न गुणस्तरको उचितस्तर, माछामा लाग्ने विभिन्न रोग र तिनको नियन्त्रणको उपाय, पोखरीमा हुने सूक्ष्म जीव तथा जलीय वनस्पतिको भूमिकाजस्ता अन्य विषयवस्तुका बारेमा किसानसँग छलफलसमेत गरिएको प्रमुख पौडेलले जानकारी दिइन्।

कृषकलाई पोखरी व्यवस्थापनको लागि आवश्यक पर्ने विभिन्न रसायनहरूमध्ये चुना, टक्सिमार र मिनरल मिक्स्चर वितरण गर्नुको साथै ती सामग्रीको प्रयोग गर्ने विधिबारे समेत सहजीकरण गरिएको जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend