शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

भोजपुर खोक्सिकका ९५ प्रतिशत नागरिकको पहुँचमा पुग्यो केन्द्रीय विद्युत

images
शनिबार, साउन १७ २०८२
images
images
भोजपुर खोक्सिकका ९५ प्रतिशत नागरिकको पहुँचमा पुग्यो केन्द्रीय विद्युत

केन्द्रीय विद्युत विस्तार भएपछि वषौँदेखी टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए।

images
images

भोजपुर- जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन्। भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत विस्तार भएको हो।

images

विद्युत विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए। बाँकी रहेका घरमा पनि चाडै विद्युत विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईकाे भनाइ छ।

images
images

‘यहाँका ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत जडान गर्न सफल भएका छौँ’ उनले भने, ‘यहाँ शून्य अवस्थाबाट विद्युतको काम थालेर विस्तारको अन्तिम चरणमा पुर्‍याएका छौँ। यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ।’

images
images
images

केन्द्रीय विद्युत विस्तार भएपछि वषौँदेखी टुकीबत्तिको सहायतामा रात कटाउनु पर्ने बाध्यताबाट मुक्त भएको स्थानीयबासी दिलकुमार योगीले बताए। पुस्ताैँबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युतको केन्द्रीय लाइन विस्तारले सहजता भएको हो।

विद्युत विस्तारले उज्यालोसँगै कुटानी पिसानीको दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ। ‘हाम्रो ठाउँका प्रायः सबै स्थान बिजुली पुगेको छ’ योगी भन्छन्, ‘विद्युत विस्तार भएपछि गाउँमा सुविधा थपिएको छ। अध्यारोमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ। वषौँपछि गाउँमा झिलिमिली बत्ती बलेको देख्दा आनन्द लाग्छ।’

दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको अर्का स्थानीय दलबहादुर राईले बताए। विद्युत विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा  बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनले सुनाए।

‘विद्युत नहुँदा हामीले धेरै समस्या भोग्दै आएका थियौँ’ राई भन्छन्, ‘विद्युत विस्तारपछि हामी धेरै खुसी छाैँ। विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ। बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन्।’ रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend