शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

घट्दै कोदोखेती, बाँझिँदै बारी

images
शुक्रबार, साउन १६ २०८२
images
images
घट्दै कोदोखेती, बाँझिँदै बारी

ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन्। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ।

images
images

पाल्पा- एक दश अघिसम्म यहाँका ग्रामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो। तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ।

images

ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन्। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ।

images
images

दश वर्षअघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झन्डै तीन मुरी कोदो फल्थ्यो। काम गर्न समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन्।

images
images
images

गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ। छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने कोही नभएको गैरेले बताए।

रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन्। तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन्।

केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरालगायत जिल्लाका अन्य किसानको मुख्य बाली कोदो थियो। युवाहरु विदेश र सहरतिर, गाउँमा  बूढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ।

अर्कोतर्फ यस्ता रैथानेबाली प्रवर्द्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आर्षकण हुन सकेको छैन। स्थानीय, प्रदेश र संघीय सरकारले रैथानेबाली प्रवर्द्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सीमित हुँदा जिल्लामा कोदोखेती विस्तार हुन सकेको छैन।

यहाँको दुई वर्षको तथ्यांक हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ। यहाँ आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीनसय ६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो। जुन आर्थिक वर्ष २०८१/८२ मा आएर दुई हजार तीनसय ४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए। उनका अनुसार किसान सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्दै गएको हो।

कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ। क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए। जिल्लामा आर्थिक वर्ष २०८० /८१ मा तीन हजार एकसय एक दशमलव ४२ मेट्रिकटन कोदो उत्पादन भएकोमा २०८१/८२ मा आएर तीन हजार एकसय २४ दशमलव १७ मेट्रिकटन उत्पादन भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष शून्य दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए। उनका अनुसार अघिल्लो वर्ष एक दशमलव ३१ मेट्रिकटनप्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिकटनप्रति हेक्टर उत्पादकत्व भएको हो।

कोदोखेती गर्ने केही किसानले प्राविधिक ज्ञान हासिल गरेकै कारण उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयको भनाइ छ। विशेष गरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ। परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए।

खाद्यान्नका लागि आटो, ढिँडो, रोटीका रुपमा प्रयोग गरिथ्यो तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको छ।

पछिल्ला वर्षमा कोदोखेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ। गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend