शनिबार, साउन १२ गते २०८१    
images
images
images

होटल याक एण्ड यती बन्द गर्ने निर्णय तत्काल कार्यान्वन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

images
सोमबार, फागुन ९ २०७८
images
images
होटल याक एण्ड यती बन्द गर्ने निर्णय तत्काल कार्यान्वन नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश
images

काठमाडौं- होटल याक एण्ड यती बन्द गराउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णय गर्दै याक एण्ड यती होटलको इजाजत वर्गीकरण रोक्ने, क्यासिनो सञ्चालन बन्द गराउने र होटल समेत बन्द गर्ने निर्णय गरेका थिए।

images

होटल बन्द गर्ने निर्णय कार्यान्वयनका लागि भन्दै गृहले काठमाडौं जिल्ला प्रशासनलाई सर्कुलर समेत गरेको थियो।

गृहले फागनु २ गते सर्कुलर गरेसँगै होटल याक एण्ड यतीले सर्वोच्चमा रिट दायर गरेको थियो।

images

मंगलबार परेको रिट ५ दिनसम्म लागत हेर्न नभ्याइनेमा परेको थियो। छैठौं दिनमा भने न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजालसले होटल बन्द गराउने निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएका हुन्।

साथै किन होटल बन्द गर्न लागिएको हो भने विषयमा पनि अदालतले लिखित जवाफ माग्दै दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ।

मन्त्री आलेले २६ माघमा होटल बन्द गर्ने निर्णय गरेका थिए। होटलले लामोसमय समम क्यानिसो सञ्चालन वापतको रकम भुक्तानी नगरेको र अदालतबाट समेत होटलले नै क्यासिनो सञ्चालन वापतको रकम भुक्तानी गर्नु पर्ने आदेश कार्यान्वयन भन्दै होटल बन्द गर्ने निर्णय गरेका थियो।

सोही निर्णयअनुसार गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्णय कार्यान्वयन गराउने पत्र पठाएको थियो।


प्रकाशित : सोमबार, फागुन ९ २०७८१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend