शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

नापतौल ठगी कसुरमा दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही

images
शुक्रबार, साउन १६ २०८२
images
images
नापतौल ठगी कसुरमा दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही

कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो।

images
images

जनकपुरधाम- गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ। सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो।

images

उल्लिखित पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ।

images
images

कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमितरुपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित नापतौलयन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानूनी दायरामा ल्याएको बताए।

images
images
images

प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिइ बढी रकम लिने गरेको गुनासोका आधारमा कानूनबमोजिम कारबाही गरिएको हो।

सो अवधिमा दुई हजार ६३० व्यावसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत दखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ।

पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले ५१ लाख एक हजार ९६० रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले ४० लाख ६७ हजार दुई ४२ रूपैयाँ राजस्व संकलन गरेको थियो।

कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा अप्ठ्यारो भएको, भाडाको सानो घरमा बस्दा काम गर्ने वातावरण नभएको, डोरको अनुगमन तथा खटनपटनका लागि सवारीसाधनको सुविधा नभएको र कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसमेत नभएको गुनासो गरे। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend