शनिबार, साउन १२ गते २०८१    
images
images
images

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ९ २०७८
images
images
वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा
images

पोखरा- बेलायती राजदूत निकोला पोलिटले पोखरा-३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन्। साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन्।

images
images

पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए। उनका अनुसार पोलिटले आज बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन्।   

images

पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन्, 'सोमबारको बिहान निकै रमाइलो भयो  माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो।'

कोभिड-१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन्। उनले भनिन् 'नेपाल भुबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ। कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ।'

images
pokhara tourist (1).jpg

उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवद्र्धनको आवश्यक रहेको बताइन्। उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन्। 

सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन्। उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन्। राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताइन्।

साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिए। राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।

'उनले साइक्लिङका क्रममा हामीसँग निकै रमाइलो अनुभव साट्नु भयो, सुन्दर दृश्यवलोकनसहित उनले निकै सकारात्मक सन्देश दिने भिडियो पनि खिच्नुभएको छ। यसले हामीलाई निकै उत्साहित बनायो' उनले भने। 

कोइरालाका अनुसार केही समयअघि वेगनास फेरोमा साइक्लिङ गरेका तस्बिर साइकल सिटी सचिव जय गुरुङले ट्विटरमा पोष्ट गरेको देखेपछि राजदूतले रुचि देखाएर सो साइकल रुटका बारेमा जानकारी लिएकी थिइन्। सचिव गुरुङका अनुसार साइकल सिटीले पोखरालाई प्रवर्द्धन गर्नका लागि ‘टुर दी पोखरा’ सँगै  नयाँ वषर्मा ‘नयाँ ठाउँ एक गन्तव्य’ कार्यक्रम गर्दै आएको छ।

पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्ट्यान्ड राखेको छ। त्यसैगरी बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरणमैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य रहेका छन्। साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको उनले जानकारी दिए।  रासस


प्रकाशित : सोमबार, फागुन ९ २०७८१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend