शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

images
शुक्रबार, साउन १६ २०८२
images
images
गोरखामा जडीबुटीबाट २० लाख राजस्व

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ।

images
images

गोरखा- जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६ हजार ४०४ रूपैयाँ राजस्व दाखिला भएको छ।

images

गत आव विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन्।

images
images

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाले १२ लाख ७० हजार ४१९ रूपैयाँ राजस्व संकलन भएको जनाएको छ।

images
images
images

गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० रूपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए।

मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व संकलन गरिएको हो।

गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट संकलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख ४५ हजार ९८५ रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयले सबैभन्दा धेरै जटामसीबाट तीन लाख ५६ हजार २५० रूपैयाँ संकलन गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend