शनिबार, असोज ५ गते २०८१    
images
images

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ९ २०७८
images
images
बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने

‘इजरायलमा कृषि पेशा सौखले गरिएको छैन। कृषकले यसलाई व्यवसाय बनाएका छन्। जिवनको महत्वपुर्ण हिस्सा बनाएका छन्।’

images
images

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान शुरु गर्ने भएको छ। बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोग मार्फत कृृषि उत्पादन वृद्धि गर्ने अभियान शुरु गर्न लागेको हो।

images
images
images

यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसंग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए। उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बाँझो राखेर अहिले पनि वार्षिक २ खर्व भन्दा बढीको आयत गरिरहेका छौँ। युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ।’

नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्वन गर्न नीतिगत व्यवस्थाका लागि सरकारसंग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ। नेपालका लागि इजरायलका राजदुत खनार गोदारसंग चेम्बरले इजरायलको कृषि उत्पादनको मोडलबारे जानकारी समेत लिएको छ।

इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने भएकाले उत्पादनमा अग्रणी बन्न सफल भएको राजदुत गोदारले बताए। 

images

इजरायलमा १ दशमवल ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भएपनि उच्चतम प्रविधि मार्फत मुलुकमा खाद्यान्नमा आत्मर्निभर तथा निर्यात गर्ने देशको हैसियतमा पुगेको राजदुत गोदारले बताए। उनले भने, ‘इजरायलमा कृषि पेशा सौखले गरिएको छैन। कृषकले यसलाई व्यवसाय बनाएका छन्। जिवनको महत्वपूर्ण हिस्सा बनाएका छन्।’

नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ। इजरायल चेम्बर अफ कमर्स संग सहकार्य मार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ। 


प्रकाशित : सोमबार, फागुन ९ २०७८१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend