शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

यस्‍तो छ आज विदेशी मुद्राको विनिमयदर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १६ २०८२
images
images
यस्‍तो छ आज विदेशी मुद्राको विनिमयदर
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

images

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

images
images

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २६ पैसा तोकिएको छ।

images
images
images

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८२   पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १६ २०८२०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend