आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

यो साता ५९ अंकले घट्यो सेयर बजार, आउने साता के होला?

बिहीबार , साउन १५ २०८२
यो साता ५९ अंकले घट्यो सेयर बजार, आउने साता के होला?

काठमाडौं- यो साता सेयर बजारमा ओरालो यात्रा नै बढी देखिएको छ। आइतबार १८.४५ अंकले घटेको बजार सोमबार ७.१० अंकले बढेको थियो। मंगलबार ३०.७६ अंकले बढेको बजार बुधबार ४७.९४ अंकले घटेकोमा बिहीबार पनि ओरालोतिरै लागेको हो। 

बिहीबार ३१.०५ अंकले घटेर बजार २९२२.६४ बिन्दुमा झरेको छ। १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको बजारमा ५२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १९८ कम्पनीको सेयर मूल्य घटेको छ।    

गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा यो साता मंगलबार ३००२.०८ बिन्दुसम्म पुगेको थियो। यो साता समग्रमा ५९.५८ अंकले घटेको बजार आउने साता पुन: उचाइतर्फ लाग्ने अपेक्षामा संगठित लगानीकर्ताहरु देखिन्छन्। 

लगातार उचाइको लय देखाइरहेको बजार यो साता केही घट्दैमा अत्तालिनु नपर्ने विश्लेषकहरू बताउँछन्। बजारले उचाइको गति तय गर्न सबै कुराले साथ दिइरहेकाले यसपटक नयाँ उचाइ भेट्ने उनीहरूको आँकलन छ। 

गएको वर्ष साउनमा देखिएको उछालपछि लामो समयसम्म बजार धरमर गरिरहँदा बुलिस ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने भए पनि त्यो अलि लामै समय देखियो। जसले गर्दा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भए पनि उतारचढावकै अवस्था देखिन्छ।


प्रकाशित : बिहीबार , साउन १५ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend