शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

ट्राफिक कारबाही : दुई करोड ४१ लाख राजस्व संकलन

images
बिहीबार , साउन १५ २०८२
images
images
ट्राफिक कारबाही : दुई करोड ४१ लाख राजस्व संकलन
फाइल तस्बिर

आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो।

images
images

बागमती- मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ रूपैयाँ राजस्व संकलन गरेको छ। 

images

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो।

images
images

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

images
images
images

मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend