काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत शुल्क तोकिएको बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा पाँचसय वटा बोरिङ खनिँदै गरेको समेत जानकारी गराएका छन्।
‘तराईमा पाँचसय वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ। सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
समयमै वर्षा नहुँदा तराई एवं मधेसमा खानेपानीसिहत सिँचाइकाे चरम समस्या भइरहेकाे छ। साथै मधेस प्रदेश र संघ सरकारले तराईलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरेका छन्।