बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

आईएसआईएन नियमावली पुनर्विचार गर्न सोपानको आग्रह, नवीकरणीय ऊर्जा भविष्यमाथि प्रतिगामी भएको आरोप

images
बुधबार, साउन १४ २०८२
images
images
आईएसआईएन नियमावली पुनर्विचार गर्न सोपानको आग्रह, नवीकरणीय ऊर्जा भविष्यमाथि प्रतिगामी भएको आरोप

नेपालको बढ्दो ऊर्जा र पूर्वाधार क्षेत्रहरूमा अस्थिरता ल्याउने र राष्ट्रिय आर्थिक लक्ष्यहरू विफल पार्ने जोखिम पैदा गर्ने साेपानकाे भनाइ छ।

images
images

काठमाडौं- सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान)ले सीडीएस एण्ड क्लियरिंग लिमिटेड(सीडीएसी) द्वारा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) प्रक्रिया मा प्रवेश गर्ने कम्पनीका प्रमोटर सेयरहरूका लागि नयाँ (आईएसआईएन) वर्ग लागु गर्ने प्रस्ताव प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

images

यस प्रस्तावले प्रमोटर सेयरलाई अलग श्रेणीमा डिम्याटेरिअलाइज गरी दोस्रो बजारमा कारोबार गर्न रोक लगाउने उद्देश्य देखिन्छ।

images
images

जसले नेपालको बढ्दो ऊर्जा र पूर्वाधार क्षेत्रहरूमा अस्थिरता ल्याउने र राष्ट्रिय आर्थिक लक्ष्यहरू विफल पार्ने जोखिम पैदा गर्ने साेपानकाे भनाइ छ।

images
images
images

सीडीएससीको हालको प्रस्तावको बारेमा सोपानका प्रमुख चासोहरू यस्ता छन्।

नवीकरणीय ऊर्जा लगानीमा जेखिम

नेपालले सन् २०३५ सम्म २८ हजार पँचसय मेगावाट नविकरणीय ऊर्जा परियोजना विकास हासिल गर्ने लक्ष्य लिएको छ। जसमा व्यापक सोलार पीभी र जलविद्युत परियोजनाहरू समावेश छन्।

प्रमोटर सेयरहरूको तरलता सीमित गर्दा धैर्यवान र दूरदर्शी पूँजीको प्रवाह रोकिन्छ। जसले उच्च जोखिम र पुँजी-निवेशी नवीकरणीय ऊर्जा लगानीहरू प्रभावित हुनेछन्।

वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) मा प्रभाव

प्रस्तावित परिवर्तित नियमले विदेशी लगानीकर्ताहरूलाई लाभांश र व्यापारिक आम्दानी फिर्ता पठाउन असजिलो बनाउँछ। जसले नेपालमा विदेशी पूँजी आकर्षित गर्ने सरकारको सार्वजनिक प्रतिबद्धतालाई उल्टाइदिन्छ र लगानीकर्ताको विश्वास घटाउँछ।

नीति असंगतता र लगानी स्तरमा जोखिम

सरकारले आर्थिक विकास र दिगो विकास लक्ष्या (एसडीजी) हासिल गर्ने अभियानमा ठूलो प्रयास चलाइरहँदा सीडीएस र सेबोन जस्ता नियामक निकायहरूले यस्तो प्रतिकूल प्रावधान ल्याइरहेका छन्।

यसले नेपालको लगानी स्तर रेटिङ (इन्भेसमेन्ट ग्रेड) थप कमजोर पार्ने सम्भावना बढाउँछ र भविष्यका पूँजी प्रवाहमा बाधा पुऱ्याउँछ।

समन्वित शासनको आह्वान

वर्तमानमा नीति निर्माणमा ‘दायाँ हातले के गरिरहेको छ, बाँया हात थाहा नपाउने’ अवस्था छ। यसले पूँजी बजारलाई कमजोर पार्दै स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई निरुत्साहित गरिरहेको छ। सेबोनले विभिन्न निकायबीच नीति समन्वयलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकार र सम्बन्धित सबै पक्षसँग माग गर्दछ।

सुनको कुखुरा जोगाउनुपर्ने

पूर्वाधार र ऊर्जा क्षेत्र दीर्घकालीन र धैर्यपूर्ण पूँजीको आशामा निर्भर रहन्छ। यी प्रस्तावित प्रतिबन्धले हालै मात्र बढिरहेको लगानी उत्साहलाई मेट्‌ने खतरा हुन्। सुनको फुल पार्ने कुखुरालाई जोगाउनको साटो मार्ने प्रयास उपयुक्त छैन।

राष्ट्रिय विकास, रोजगारी र जलवायु लक्ष्यमा प्रभाव

अर्थव्यवस्थाभन्दा बाहिर, नेपालले जलवायु अनुकूलन, कार्बन न्यूनीकरण र समन्वयमा मजबुत लगानी वातावरण आवश्यक छ। लगानीकर्ताको विश्वास हराउँदा विषयहरुमा राष्ट्रिय प्रगति ठप्प हुने सम्भावना छ।

सेबोनको अपिल

नेपाल सरकार, राष्ट्रिय संसद, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सेबोन र सीडीएससीलाई साेपाले यी प्रतिगामी प्रावधान पुनर्विचार गर्न अनुरोध गरेकाे छ। नियामकीय स्थिरता, पारदर्शिता र लगानीमैत्री नीतिहरूले मात्र नेपाललाई दिगो विकास र समृद्धिको मार्गमा बनाइ राख्न सक्ने बताइएकाे छ।


प्रकाशित : बुधबार, साउन १४ २०८२१६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend