बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

प्रचारप्रसारको अभावले ओझेलमा ताप्लेजुङको सुनपोखरी

images
बुधबार, साउन १४ २०८२
images
images
प्रचारप्रसारको अभावले ओझेलमा ताप्लेजुङको सुनपोखरी

प्रचारप्रसारको अभावले यस क्षेत्रको पर्यटन प्रबर्द्धन हुन नसकेको उनको भनाइ छ।शेर्पाका अनुसार सुनपोखरी क्षेत्र आसवासमा अन्य पोखरीहरू पनि छन्।

images
images

ताप्लेजुङ- जिल्लाको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। समुद्र सतहबाट चार हजार पाँचसय मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रबर्द्धन हुन नसकेको हो।

images

मिक्वाखोला-५ का पान्दे शोर्पा भन्छन्, ‘प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन। प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ। यही प्रकृतिमा यस्ता अनौँठा र रहस्यमय स्थानहरू छन्, जहाँ पुग्ने रहर प्रत्येक प्रकृतिप्रेमीको मनमा हुन्छ।’

images
images

यस्ता स्थानमा पुगेपछि मानिसले प्राकृतिक सौन्दर्यको रमाइलो अनुभूति गर्छन र स्मृतिमा अमिट छाप बोकेर फर्कन्छन्। सोहीअन्तर्गत पर्ने सुनपोखरी एक हो। ताप्लेजुङमा रहेका यस्ता प्राकृतिक ठाउँहरूमध्ये कतिपयको अध्ययन अवलोकन भएको छ।

images
images
images

कतिपयको अहिलेसम्म अध्ययन अवलोकन हुन सकेको छैन। स्थानीयवासीका अनुसार एक जना लामा चीनबाट आएका थिए। ती लामाले पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पसेका थिए।

तर, उनी त्यहीँबाट हराएको जनविश्वास छ। यही किंवदन्तीका कारण पोखरीको नाम ‘सुनपोखरी’ रहन गएको शोर्पा बताउँछन्। प्रचारप्रसारको अभावले यस क्षेत्रको पर्यटन प्रबर्द्धन हुन नसकेको उनको भनाइ छ।शेर्पाका अनुसार सुनपोखरी क्षेत्र आसवासमा अन्य पोखरीहरू पनि छन्।

लोदेन क्षेत्र ताप्लेजुङको एक पर्यटकीय क्षेत्र हो। तर यस क्षेत्रको प्रचारप्रसारमा चासो कसैले नदिएको उनको भनाइ छ। अहिलेसम्म ताप्लेजुङमा प्रख्यात पोखरीहरू तिम्बुङ, सोदु र सिङ्जेमा ताल रहेका जनाउँदै शेर्पाले यी पोखरीको अवलोकन गरिसकेका विवश केदेम यस पटक सुनपोखरीको अवलोकन गर्न पुगेकाे बताउँछन्।

सुनपोखरीको अवलोकनपछि अन्य ताल तथा पोखरीभन्दा कम नरहेको केदेमले बताए। यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसारका साथै पर्यटन प्रबर्द्धन गर्नका सरोकारवालाले चासो नदेखाएसँगै अहिले सुनपोखरी ओझेलमा परेको उनको भनाइ छ।

पोखरीसम्म जाने पदमार्ग बनेको छैन। याक र भेँडी गोठलाहरू हिँड्ने गोरेटो प्रयोग गरेर पोखरीमा पुग्न सकिन्छ। अहिलेसम्म सुनपोखरीको गहिराइ, लम्बाइ र चौडाइको विषयमा नापचाँज भएको छैन। पोखरीको महत्त्व र विशेषता तथा पोखरीसँग जोडिएका किंवदन्ती र कथाको अनुसन्धान गर्नुपर्नेमा स्थानीय शेर्पाले जोड दिए।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट एक दिन अर्थात् सिम्बुकसम्म सवारीसाधन प्रयोग गरेर पुग्न सकिन्छ। सिम्बुकबाट पदमार्ग प्रयोग गरेर एक दिनमा ढड्ने भन्ने ठाउँमा पुग्न सकिन्छ र त्यहाँबाट बिहान सुनपोखरीको अवलोकन गर्न सकिने मिक्वाखोला गाउँपालिका-४ का स्थानीय मिलन लिम्बूले बताए।

सिम्बुकबाट बस्ती भएकाले पदमार्गमा स्थानीयले आफ्ना आफन्तको सम्झनामा पाटीपौवा निर्माण गरेका छन्। केही पाटीमा ओड्ने, ओछ्याउने र पकाएर खानका लागि भाँडाहरू राखेका छन्।

उच्च हिमाली क्षेत्रहरुमा रहेको पोखरीहरू पर्यटकीय गन्तव्य मात्र नभएर ती पोखरी पानीको प्रमुख स्रोत हुन्। ती पोखरीबाट बग्ने पानीले पहाड तथा तराई क्षेत्रका बस्तीमा खानेपानीसँगै सिँचाइ र जैविक विविधताको संरक्षणमा महत्त्पूर्ण योगदान पुर्‍याउँदै आएको छ। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend