बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

वीरगञ्जबाट भित्रिए ६८ हजार सातसय ४३ सवारीसाधन

images
बुधबार, साउन १४ २०८२
images
images
वीरगञ्जबाट भित्रिए ६८ हजार सातसय ४३ सवारीसाधन

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार गत आवमा ६ अर्ब ६० करोड मूल्यका ५० हजार दुई सय ९१ वटा  अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्।

images
images

पर्सा- गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार सातसय ४३  सवारीसाधन भित्रिएका छन्। सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार सातसय ४३ वटा सवारीसाधन आयात भएका हुन्।

images

सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ। गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार गत आवमा ६ अर्ब ६० करोड मूल्यका ५० हजार दुई सय ९१ वटा  अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्।

images
images
images

ती सवारी आयातबाट यस नाकाले ६ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवमा दुई अर्ब ९४ करोड रुपैयाँ मूल्यका एक हजार चार सय ५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन्।

त्यसैगरी,  सोही अवधिमा दुई अर्ब एक करोड मूल्यका ९ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन्। गत आवमा नै एक अर्ब ३७ करोड मूल्यका पाँच हजार सातसय ३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन्।

सोही अवधिमा एक अर्ब ११ करोड मूल्य पर्ने चार सय १७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन्। सोही अवधिमा ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन्। ७४ करोड रुपैयाँ बराबरको  तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन्।

त्यसैगरी, सोही अवधिमा ४३  करोड ३१ लाख मूल्यका चार हजार ६ सय ४६ वटा मोटरसाइकल आयात भएका छन्। वीरगञ्ज नाका हुँदै गत आवमा एक अर्ब ६४ करोड मूल्यका साना-ठूला दुई हजार तीनसय ३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बुधबार, साउन १४ २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend