भोजपुर- षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख रूपैयाँ लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको जानकारी दिए। मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु भएको उनले बताए।
यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो। रासस