बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

चाँगुनारायणमा विदेशी पर्यटक : वार्षिक एक करोड १९ लाख रुपैयाँ आम्दानी

images
बुधबार, साउन १४ २०८२
images
images
चाँगुनारायणमा विदेशी पर्यटक : वार्षिक एक करोड १९ लाख रुपैयाँ आम्दानी

विदेशी पर्यटकबाट चाँगुनारायणले एक करोड १९ लाख १० हजार चार सय रुपैयाँ राजस्व संकलन गरेको छ।

images
images

भक्तपुर- विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा एक वर्षमा ३१ हजार दुईसय २५ विदेशी पर्यटक आएका छन्।

images

चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार सात सय ५६ पर्यटकको आगमन भएको हो। त्यसबाहेक युरोपेली देशबाट २५ हजार चार सय ५९ पर्यटकको आएका छन्।

images
images

विदेशी पर्यटकबाट चाँगुनारायणले एक करोड १९ लाख १० हजार चार सय रुपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति तीनसय रुपैयाँका दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार आठ सय रुपैयाँ राजस्व संकलन भएको हो। त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति चार सय रुपैयाँका दरले एक करोड एक लाख ८३ हजार ६ सय रुपैयाँ संकलन भएको उनकाे भनाइ छ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत संकलन भएकाे रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए। रसस


प्रकाशित : बुधबार, साउन १४ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend