शनिबार, असोज ५ गते २०८१    
images
images

गत आव भन्दा ३३ अर्ब बढी राजश्व संकलन

images
सोमबार, फागुन ९ २०७८
images
images
गत आव भन्दा ३३ अर्ब बढी राजश्व संकलन

यो गत आवको संकलित राजश्वको  भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो।

images
images

पर्सा- नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने  विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व संकलनमा देखिएको छ।

images
images
images

कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजस्व संकलनमा देखिएको हो।

वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजस्व तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा रु  ८८ अर्ब ५० करोड ४८ लाख राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा  एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ। यो गत आवको संकलित राजश्वको  भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो। रासस

images


प्रकाशित : सोमबार, फागुन ९ २०७८०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend